मोरङ । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाको तेतरिया सेवा केन्द्रले ‘सदस्य सुनौ सदस्य वुझौ’ अभियान अन्तर्गत सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम गरेको छ । 

नेपालकै सवै भन्दा ठूलो साकोसको तेतरिया सेवाकेन्द्रले ग्रामथान गाउँपालिका वडा नम्बर ५ स्थित ककरमारीमा बिहीवा (आज) सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको हो । 

साकोसले समुहमा आवद्व सदस्यहरुलाई एकै ठाउमा भेला गरेर संस्थाका कार्यक्रम, बस्तु तथा सेवा वारेमा जानकारी दिएको सेवाकेन्द्र प्रमुख एकादेव कट्टेलले जानकारी दिए । 

साकोसले हाल विभिन्न  विकृतिहरु वारेमा सदस्यलाई वुझाउन र सदस्यसँग ‘हामी नजिक छौ’ भन्ने भावना जागृत गर्न कार्यक्रम गरेको जनाइउको छ । 

सोही कार्याक्रमकाबिच कर्जा सुरक्षण अन्तर्गत समुह नम्बर २४ कि सदस्य गुनिया थारुको मृत्युुपछि  पाउने विमा सुविधा एक लाख ५ हजार रुपैयाँसमेत बितरण गरिएको सेवा केन्द्र प्रमुख कट्टेलले बताए । 

कार्यक्रमको उदेश्य, संस्थागत गतिविधि, समसामहिक विषय र कर्जा सुरक्षण कोष भुक्तानीसहितका बारेमा जानकारी दिदै सेवा केन्द्र प्रमुख कट्टेलले  शुभकामना मनतब्य राखेका थिए । 

समुह अध्यक्ष नेत्रकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कर्मचारी प्रल्हाद राजवंशीले गरेका थिए भने सञ्चालन कर्मचारी सरिता कोइरालाले गरेकी थिइन् । कार्यक्रममा कर्मचारी प्रल्हाद राजबंशी र अप्सरा घिमिरेलगायतको आतिथ्य रहेको थियो ।