मोरङ । 

देशकै ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ‘सदस्य सुनौ सदस्य वुझौ’ अभियान अन्तर्गत सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम गरेको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको संस्थाको मोरङ सेवाकेन्द्र तेतरियाले बिहीवार (आज) उक्त कार्यक्रम गरेको हो । 

मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ४ मोतिपुरमा सेवा केन्द्रले सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम गरेको सेवाकेन्द्र प्रमुख एकादेव कट्टेलले जानकारी दिएका हुन् । 

कार्यक्रम अन्तरगत समुहमा आवद्व सदस्यहरुलाई एकै ठाउँमा भेला गरेर संस्थाका कार्यक्रम, बस्तु तथा सेवा वारेमा जानकारी, हाल विभिन्न विकृतिहरु वारेमा सदस्यलाई वुझाउन र सदस्यसँग हामी नजिक छौ भन्ने भावना जागृत गर्न कार्यक्रमको आयोजना गरिएको थियो । 

सोही अवसरमा एलआइसी विमा गरेका सदस्य आशकुमारी चौधरीका श्रीमान सुरेन चौधरीको मृत्युपछि पाउने विमा सुविधा वापतको एकलाख ३५ हजार ५७५ रुपैयाँसमेत वितरण गरिएको सेवा केन्द्र प्रमुख कट्टेलले जानकारी दिए । 

समुह अध्यक्ष  गुन्जाकुमारी विश्वासको अध्यक्षतामा भएको कार्यक्रममा ग्रामथान–४ का वडाध्यक्ष वद्रिकुमार माझीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सेवाकेन्द्र प्रमुख एकादेव कट्टेल, कर्मचारी सरिता कोईराला, सत्यनारायण माझी र अप्सरा घिमिरेको आतिथ्य रहेको थियो ।