भद्रपुर । 

एकपछि अर्को सामाजिक कार्यलाई निरन्तरता दिदै आएको झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिद्यालयमा अध्ययनरत विपन्न तथा सिमान्तकृत बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । 

बिद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि भद्रपुर नगरपालिका वडा नम्बर ७ स्थित अञ्जनीमोडको भृकुटी आधारभूत बिद्यालयका  ६४ जना बिद्यार्थीलाई ब्याग वितरण गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । साकोसले बिहीवार (आज) बिद्यालयमै पुगेर ब्याग वितरण गरेको हो ।

 संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, कोषाध्यक्ष मेयरमान बिष्ट, कार्यक्रमकी प्रमुख अतिथि भद्रपुर नगर उप–प्रमुख राधा कार्की, भद्रपुर–७ का वडाध्यक्ष अभिषेक ढुङ्गानालगायतले बिद्यार्थीहरुलाई ब्याग वितरण गरेको थिए । 

सोही अवसरमा बिद्यालयले कसैको नजर नपरेको बिद्यालयमा संस्थाले ब्याग वितरण गरेको भन्दै संस्थालाई सम्मानसमेत गरेको थियो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र लम्साल, बिद्यालयका निमित्त प्रधानाध्यापक बाबुराम उपाध्यय, शिक्षक प्रेमप्रसाद भट्टराईले संस्थालाई सम्मान गरेका थिए । 

simrik

संस्थाले यसअघि कचनाकवलमा निःशुल्क स्वास्थ्य शिविर, बिर्तामोड–६ र ७ साथैं बाहदशीमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण र बिर्तामोड–९ को शहिद लक्ष्मी आधारभूत बिद्यालयका एक सय आठ जना बिद्यार्थीलाई ब्याग वितरण गरिसकेको छ । उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा  भद्रपुर नगर उप–प्रमुख राधा कार्कीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका कोषाध्यक्ष मेहरमान विष्टले गरेको कार्यक्रममा प्रमुख अतिथि कार्की, वडाध्यक्ष ढुङ्गानालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन साकोसका जोखिम बिभाग प्रमुख बिजय बस्नेतले गरेका थिए ।