बिर्तामोड । 

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १३ औं बार्षिकोत्सवका अवसरमा बिद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि ब्याग वितरण गरेको छ । 

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको साकोसले बुधवार (आज) बिर्तामोड–९ को शहिद लक्ष्मी आधारभूत बिद्यालयका एकसय आठ जना बिद्यार्थीलाई ब्याग वितरण गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत साकोसले विविध कार्यक्रम गर्दै आइरहेको छ । 

संस्थाले यसअघि कचनाकवलमा निःशुल्क स्वास्थ्य शिविर, बिर्तामोड–६ र ७ साथैं बाहदशीमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिसकेको र आगामी दिनमा पनि उक्त कार्यलाई निरन्तरता दिने साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार बिहीवार पनि भद्रपुरस्थित अञ्जनीमोडको एक बिद्यालयमा बालबालिकालाई ब्याग बितरण गरिनेछ । 

simrik 1

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–९ का वडाध्यक्ष हरिप्रसाद चम्लागाईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका सचिव इन्द्रबहादुर कार्कीले गरेको कार्यक्रममा साकोसको बस्तुस्थितिसहित कार्यक्रमको औचित्यमाथि प्रकाश कार्यकारी प्रमुख बस्नेतले पारेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष चम्लागाई, सामाजिक अगुवा विष्णुमाया अधिकारी कोइरालालगायले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन साकोसका जोखिम बिभाग प्रमुख बिजय बस्नेतले गरेका थिए । 

कार्यक्रममा साकोसका उपाध्यक्ष किरण कपुरी, बिर्तामोड–९ का वडासदस्य केशव बुढाथोकी, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, अभिभावक, शिक्षक शिक्षिकालगायतको बाक्लो उपस्थिति रहेको थियो ।