बिर्तामोड । 

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले दुई सय ४० जना जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेको छ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको साकोसले  बुधवार (आज) ज्येष्ठ नागरिकलाई न्यानो कपडा अन्तरगत ब्ल्यांकेट वितरण साथै मिष्ठान भोजन गराएको हो ।

साकोसले बिर्तामोड–७  स्थित शहिद नेत्रपार्कमा कार्यक्रम आयोजना गरेर ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण तथा मिष्ठान्न भोजन गराएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत जाडोमा जेष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरेको हो । 

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले गरेको कार्यक्रममा संस्थाको बस्तुस्थिति तथा गतिबिधिसहित कार्यक्रमको औचित्यमाथि प्रकाश संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले पारेका थिए । 

संस्थाका कार्यकारी बस्नेतले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत कचनकवलमा स्वास्थ्य शिविर, बाह्रदशी र बिर्तामोड–६ बुट्टाबारीमा जेष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण र मिष्ठान्न भोजन गराइसकेको जानकारी दिए । उनले चाँडै पाँचथरमा जेष्ठ नागरिकलाई न्यानो कपडा र बिर्तामोडका बिद्यार्थीहरुलाई स्टेशनरी वितरण गर्ने कार्य रहेकोे बताएका छन् ।  दुई सय रुपैयाँमा खाता खोलेर मासिक एक हजार सहकारीमा नियमित बचत गरे ज्येष्ठ सदस्यको उपचारमा छुट र सहयोग संस्थामार्फत हुनेसमेत उनले बताएका छन् ।

simrik 1 1

कार्यक्रममा प्रमुख अतिथि सभामुख देवराज घिमिरे, कोशी प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई, सुन्दर निचाझोडा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेललगायतले शुभकामना मन्तव्य रहेको थिए ।  बिर्तामोड वडा नम्बर ७ र सुन्दर निचाझोडा सामुदायिक बन उपभोक्ता समितिको सहयोग तथा सहजीकरणमा उक्त स्थानमा जेष्ठ नागरिकलाई कपडा वितरण तथा मिष्ठान भोजन गराइएको साकोसका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । 

संस्थाका अध्यक्ष सुवास भट्टराईले सहकारीले जन्मदेखि मृत्यु पर्यन्तसम्म सदस्यको हितमा काम गर्दै आएको बताएका छन् । उनले सामाजिक उत्तरदायित्व बहन गर्दै सिम्रिकले कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएको बताउँदै सदस्यलाई मात्र नभई गैर सदस्यलाई समेत लाभमुलक काम गरिरहेका बताए । कार्यक्रमको सञ्चालन साकोसका जोखिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए । झापा, मोरङ, इलाम र पाँचथर गरी चारवटा जिल्लाका ५० वटा सेवा केन्द्रमार्फत संस्थाले सेवा प्रवाह गरिरहेको अध्यक्ष भट्टराईले जानकारी दिए । सिम्रिक सहकारीमा ६१ हजार भन्दाबढी शेयर सदस्य आबद्ध छन् ।