• रन्जित परियार 

बुट्टाबारी । 

श्री हरियाली सामुदायिक धार्मिक पर्यापर्यटकिय तथा सिमसार क्षेत्र बिर्तामोड ६ को आज एक समारोह बिच संघिय प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना मगरले उदघाटन गरेकी छिन् ।  

सबैका लागी पर्यटन पहुचयोग्य बिस्वब्यापी पर्यटनको प्रवर्द्धनको उदेश्यका साथ यहाँ रहेको सिमसार र बन्यजन्तु र मासिदै गएको बोटबिरुवाहरुको संरक्षण विभिन्न जातजातिको धार्मिक र कला सस्कृतीको इतिहास संरक्षण गर्दै पर्यटकहरुले मनोरञ्जन र केही सिक्ने छन भन्दै आजदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको अध्यक्ष जगत बहादुर राइले बताए ।

प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय सहयोगिहरुको सहयोग र बन समितिको सहयोग र लगानीमा निर्माण गरिएको यो पर्यटकीय क्षेत्रले पर्यटकहरुको मन तान्न सकोस् र थप लोपोन्मुख बोट बिरुवा,जंगली जनावर चराचुरुङ्गीको लागि फलफुल र कोलाहरु लगाइ सरक्षण र जडिबुटीहरु लगाएर र सिमसार संरक्षण सगै पर्यटकहरुको मन जित्न र आकर्षकका लागि डुङ्गा बिहार लगायतको ब्यवस्थापन गरे आउदा बालबालिकाहरु तथा पर्यटकहरुलाइ आकर्षण र चेतना जागरण हुन सकोस् भन्दै प्रमुख अतिथि संघिय उपसभामुख माननीय इन्दिरा राना मगर बिशिस्ट अतिथि बिर्तामोड नगर उपप्रमुख नरेन्द्र सग्रौला वडा अध्यक्ष सुर्यप्रसाद कन्दङ्गवा समाजसेवि रामकुमार कन्दङ्गवा,तेज बहादुर कन्दङ्गवा जिल्ला बन कार्यालय प्रमुख मेघराज राइ,जिल्ला बन महासङ्ग अध्यक्ष रुद्र प्रसाद भन्डारी, बन्दी सहायता नेपाल पुर्वान्चल अध्यक्ष जगत बहादुर मगर पुर्ब अध्यक्ष कृष्ण माया चौधरी बिर्तामोड खानेपानी उपभोक्त समितिका अध्यक्ष मेघराज बास्तोला लगायतले शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा यस हरियाली सामुदायिक धार्मिक पर्यापर्यटकिय तथा सिमसार क्षेत्र निर्माण गर्न सहयोग गर्ने कोशी प्रदेश भौतिक पुर्वाधार पुर्व मन्त्री ससद माननीय एकराज कार्की, भद्रकाली कलाकुन्ज इटहरीका अभिषक तिम्सिनालाई सम्मान गरिएको थियो । 

कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष जगत बहादुर राइ र स्वागत र औचित्यमा प्रकाश  उपाध्यक्ष मनिकुमार राइले गगरेका थिए भने सहजीकरण कार्यालय सचिब धनसरी राइले गरेकी छन् ।