बिर्तामोड । 

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक  बचत तथा ऋण सहकारी संस्थाले मंसीर मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण जारी गरेको छ । 

सहकारी विभागको निर्देशन बमोजिम संस्थाले हरेक महिना वित्तीय तथा अन्य विवरण प्रकाशित गर्दै आएको  र सोहि अनुसार मंसीर महिना सम्मको पनि अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए । 

संस्थाले शनिबार प्रकाशित गरेको मंसिर मसान्तसम्मको विवरण अनुसार शेयर पुँजी ३२ करोड ९९ लाख ५९ हजार २ सय रुपैयाँ रहेको छ । 

त्यस्तै कुल संस्थागत पुंजी  ७ करोड ५ लाख ८४ हजार ९  सय ९ रुपैयाँ, जगेडा कोष ६ करोड ४२ लाख ९४ हजार ५ सय ५ रुपैयाँ र कर्जा लगानी २ अर्ब ६३ करोड ५६ लाख १५ हजार ८ सय १५ रुपैयाँ रहेको छ । संस्थामा १ अर्ब ४९ करोड १७ लाख ५३ हजार ३ सय ४९ रुपैंयाँ निक्षेप र संस्थासँग १२.४३ प्रतिशत तरलता रहेको छ । संस्थामा हालसम्म ६१ हजार ३ सय ७९ जना सदस्य आवद्ध छन् । 

बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाको झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा गरी ५० वटा सेवा केन्द्रमार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमल बस्नेत र लेखा बिभाग प्रमुख कमला प्रधानद्धारा हस्ताक्षरित बित्तिय विवरणमा उल्लेख छ ।