सुरुङ्गा । 

झापाको बिर्तामोड–५ को आवद्ध बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभाका अवसरमा दर्जनौ सम्मानीत भएका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा सोमवार (आज) वनभोजसहितको साधारणसभामा  उत्कृष्ट कर्मचारी, बचतकर्ता, ऋणिलगायतलाई नगदसहित सम्मान गरिएको हो । 

संस्थाका अध्यक्ष नन्दमान भट्टराई (नरेश) को अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । 

सम्मानीत हुनेमा कौशिलादेबी खनाल, दीपक अधिकारी, आर्यन कुँवर, बिकास न्यौपाने, रेनुका उप्रेती, पर्शुमान गुरागाई, सौरज अधिकारी, पवित्रा पोखरेल, धनमाया चुडाल, चित्रकला पौडेल, गुरुप्रसाद संग्रौला, नविना बिष्ट, बिष्णु राजवंशी, कर्मचारी शिवकुमार राजवंशी, रमा कार्की, बिपन्न सदस्य मनोज माला र मेनुका पौडेल रहेका छन् ।  

संस्थाका सञ्चालक समिति सदस्य तथा सेवा केन्द्र संयोजक गौरीप्रसाद भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव खगेन्द्र कुँवरले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि उप्रेती,  शिक्षा सहकारीका अध्यक्ष सुव्रत न्यौपाने, राष्ट्रिय सहकारी बैंकका बिर्तामोड प्रवन्धक बिबेक डाँगी, नेपाल अलैंची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा संस्थाको बिस्तृत जानकारीसहित आगामी योजनाका बिषयमा संस्थाका ब्यवस्थापक पर्वतराज चिमरियाले स्पष्ट पारेका थिए । 

aawadha

आर्थिक बर्ष २०७९/०८० सम्म संस्थामा २ हजार ५३४ शेयर सदस्य र २ करोड ७१ लाख ६० हजार ३०० रुपैयाँ शेयरपुँजी रहेको अध्यक्ष भट्टराईद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै संस्थामा १ करोड ५९ लाख ५४ हजार ७६३ जेगेडा कोष, १ करोड ९१ लाख ६४ हजार ५१५ योगदानमा आधारित अन्यकोषहरु, ऋण लगानी २० करोड ४६ लाख ९६ हजार १०० रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले यस आर्थिक १ करोड २० लाख ६४ हजार ८२४ रुपैयाँ नाफा गर्न सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । 

संस्थाले एकाघर परिवारका सदस्यहरुको मृत्यु हुँदा राहत कोष कार्यबिधि अनुसार ५ हजार देखि १ लाख १० हजार रुपैयाँसम्म उपलब्ध गराउने, संस्थाको कार्यक्षेत्रभित्र रहेका मठमन्दिर तथा सार्वजनिक स्थलहरुमा आवश्यकता अनुसार डस्बिन सौजन्य गर्ने, लागू औषध सचेतना कार्यक्रम सञ्चालन गर्ने, सदस्यहरुलाई उन्नतजातका शागसब्जी तथा बिउबिजन बितरण गर्नेलगायतका महत्वपूर्ण योजनाहरु अघि सारेको ब्यवस्थापक चिमरियाले जानकारी दिए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अच्युत दाहाल, न्यूटन्स एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुमागाई, जात्रुवाडी नमून मार्ग टोल बिकास संस्थाका देबीचरण रेग्मी, जात्रुवाडी संगीत मार्ग टोल बिकास संस्थाका धनश्याम गिरी, कन्चनजंघा परोपकार समाजकी पार्वता भट्टराई बस्नेत, जेष्ठ नागरिक कृष्णप्रसाद बराल, संस्थाका शेयर सदस्य, सञ्चालक समिति, कर्मचारीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।