• उमेश भारती 

हिले हामी बडादशै मनाई रहेका छौ । आम नेपाली मात्रले पौराणिक कालदेखि आजसम्म उत्तिकै महत्वका साथ मनाउदै ल्याएको जेठो चाड हो दशै । दशैको बेला घर परिवार, माईता, मामला, ससुराली, नातागोता, इष्टमित्र, घरछिमेकी सँग भेटघाट गरि खुसी साट्ने साथै व्यस्त र अस्तव्यस्त रहने मानिसहरुको लागि सम्बन्ध नविकरण गर्ने उपयुक्त सामाजिक मौलिक संस्कृति भए पनि अझै पनि दशै मनाउने र नमनाउने वीच आ—आफ्नै तर्क , बुझाई, मतभेद कायम छ । सानोले ठूलालाई मान्ने यस चाडका बारेमा  फेसबुक, ट्वीटर, इन्सटाग्राम, पत्रपत्रिका लगायत सञ्चार माध्यममा थरिथरिका प्रतिकृया देखिन्छन् । हिन्दू मात्रको पर्व हो दशै, खस बाहुनको संस्कृति हो दशै । 

  • जन जिब्रोमा बोलिदा खस बाहुन भन्दा दुई जाति या एउटै जातिको दुई  नाम जस्तो पनि सुनिन्छ । सुन्दा जे सुकै सुनिए पनि खस आर्य वर्ग भित्र बाहुन, क्षेत्री, दशनामी र ठकुरी पर्दछन् । नेपालको संविधानले खस आर्य एउटै समुहमा राख्दा खस अवैधिक र आर्य बैधिक हो त्यस कारण एउटै समुहमा राखिनु हुन्न भन्ने मत मतान्तर अझै सेलाई सकेको छैन । चाडबाड मान्ने परम्परा, लवाई खुवाई, भेष भूषा, जुठो सुतक, विवाह, धर्म संस्कृति जस्ता धैरै कर्ममा यी जाति वीच समानता पाईए पनि केही व्यावहारिक रीति पुर्खेऔली थितिमा विविधता पनि पाईन्छ । को खस हुन को आर्य हुन भन्ने बहसलाई थाति राखेर यस वर्गमा पर्ने जातिहरुको कितावमा नलेखिएको परम्परामा भेटिएको चलनहरुको कुरा गर्दछु ।  बाहुन थरका मान्छेले आफ्नो नामको पछाडी कहिलै पनि बहादुर लेख्दैनन् भने क्षेत्री, दशनामी, ठकुरीमा कुनै नामको उपमा राख्ने नियम छैन ।  च्याउ, कोदो कु अन्न भनेर नखाने कुखुरा नपाल्ने, अविवाहित छोरीले पकाएको भात नखाने चुल्होमा नचाउने गर्दछन् । खाना पकाउनेले चोलो कपाल फुकाउनु पर्ने, खाना खानेले धोति कपडा फेर्ने आफ्नै पुरोहित पण्डित भएको भरसक ज्वाई भान्जालाई लगाउने, कुस, तिलक, नाग, रक्षा बन्धन, क्षेत्री, दशनामी, ठकुरीको घरमा लगेर दान थाप्ने, गोरु हलो नजोत्ने । 

विवाह र जातिय सोचमा अन्य जाति भन्दा अलि कटरता रहेको पाईन्छ । बाहुनले वाहुनकी छोरी मागि विवाह गरि ल्याएमा उपाध्याय जो पुरोहित काम गर्ने शुद्ध अधिकार प्राप्त हुन्छ, बाहुनले बाहुनकी छोरी भागी विवाह वा विधवा ल्याएर जन्मेको सन्तान जैसी हुन्छ र परम्परामा जैसीले चिना टिपन ज्योतिष हेर्ने चलन पनि चलेको थियो । क्षेत्रीको छोरीसँग विवाह गरेमा सोबाट जन्मिने सन्तान खत्री, ठकुरीको छोरीसँग विवाह गरि जन्मेको सन्तान हमाल र दशनामीको छोरीसँग विवाह गरि जन्मेको सन्तान सन्यासी थर कायम रहने परम्परा अझै छदैछ । ब्राहमणका बुहारी पहिलो चोटी मइतालु दुरन फर्काउन माइता जादा खाली हात जान्छन रोटी कोशेली लाने चलन छैन । तर क्षेत्री ठकुरी दशनामीहरुका बुहारीले लिएर जान्छन् । बाहुनका सासु ससुराले पहिला ज्वाईलाई ढोगछन् भने क्षेत्री दशनामी ठकुरीका ज्वाइले सासु ससुरा ढोगछन् । ठकुरी जातिमा नमस्कार भन्दा बढी दर्शन एक हात निधार र अर्को हात कुहिनामा छुएर गरिने  परम्परा चलेको छ । बाहुनकी बुहारी ससुरा जेठाजुलाई नमस्कार गर्दा भुइमा दुईहात राखि बुढी औलामा ढोगेर ढोगाभेट गर्दछन् ।  

  • ठकुरीमा मामाको छोरी फुपुको छोराले विवाह गर्ने परम्परा रहि आएको छ तर बाहुन क्षेत्री, दशनामीमा यो परम्परा छ दै छैन । बाथरुम सौच गर्न जाँदा बाह्रमणहरु कानमा जनै सिउरी गर्दछन् । दशनामीहरुको कसैले ब्रतबन्ध गरी जनै तीन डोरा, कसैले छ डोरा र कसैले ब्राह्मण पण्डितलाई नै जनै दान गरि नलाउने परम्परा छ  भने कसैले ब्रतबन्ध नै गर्देैनन् । मृत्यु संस्कारमा समेत कसैले समाधि राख्ने गाड्ने र पोल्ने दुवै चलन छ । नेपालको खसान क्षेत्रमा बसोबास गर्ने खसहरु विशेष गरि बैदिक हिन्दू धर्म भन्दा पनि मस्ट देवताको पुजा गर्ने मद खाने पावै पनि भनिने मत्वाली क्षेत्री अवैधिक छन् उनीहरु आफूलाई क्षेत्री भन्दा खस भन्न रुचाउ छन् । 

नेपालको प्राय ७७ वटै जिल्लामा बसोबास गरि बस्ने खस आर्यका महिलाहरु सिन्दुर टिका चुरा पोते सारी चोलो लगाउ छन् । कपाल छोपेर जेठाजु ढाक्छन । पतिको नाम काड्नु हुदैन भन्ने मान्यता राख्छन् । पर सर्नु भन्दा अगाडि नै छोरीको गन्यु चोली गरि दिन्छन । पहिलो चोटी छोरी महिनाबारी हँुदा घर छोडेर नछुने बार्छन् । विवाहित छोरीको जय जन्म नहुदासम्म बा आमाले छोरी ज्वाईकोमा भात खादैनन । बिबाहमा बेहुलालाई  मामाले बोकेर अन्माउने चलन छ । सम्धी सम्धीनि ढोगा भेट नफुकाएसम्म एक आपसमा हेराहेर र ढोगा भेट गर्दैनन । छोरी सुत्केरी हुँदा खसी, घीउ, तेल ,कोशेली र नयाँ बच्चालाई कानमा हातमा लगाउने गहना लाने रित छ । वच्चाको आठ महिनामा माथिल्लो पट्टीको दाँत आयो भने मामाले झर्के बोटुकामा झ्यालबाट छिराएर दहि खुवाउछन् । भाना भान्जालाई झोलिको देवता भनेर सम्मान गर्दछन्, भान्जाको पहिलो चोटीको केश मामाको हातबाट कटाउछन्  । तीजमा छोरीलाई माइता ल्याएर दर खुवाउछन् । 

सुगुर नछुने यी जातिहरु वर्षमा दूई चोटी उधौली उभौली पर्वमा गोठधुप कुल पूजा गर्दछन् । भाकल बमोजिम ३, ५ वर्षमा देवाली बोको काटेर सबै दाजु भाई भेला भएर कुल धामी मार्फत मष्ट देवताको पुजा गर्दछन् । महिलाले संगिनी र पुरुषले बालन गाउने चलन पनि यहि जातिमा छ । उमेर वा साइनोले ठुलोको खुटामा सानोले ढोग्ने परम्परा रहेपनि छोरीलाई बाउ आमाले दिदी बहिनीलाई दाजु भाइले गोडामा ढोग्छन् । नयाँ अन्न भित्र्याउने समयमा अन्नको न्वागी खाई खेतको खलामा छोरीलाई भूमे पाथि दिने, धानको कुन्यू लगाउदा भुमे ढुङ्गो गाड्ने, धानको दाई गर्दा मियोमा धानको मुठा झुन्ड्यायी गोरु घुमाउने र खलाको धानमा नाङलोको छाप राखि अन्न भित्राउने समेत गर्दछन् । आमाले छोरीलाई घर पठाउदा कसैसँग मुख नलाग्नु, सासुको अगाडी खाएको थालमा नचुठ्नु , ससुरा सुतेको खाटमा नबस्नु, खाको जुठा मालमाता बासी नराख्नु भनेर अर्ति दिन्छन् । प्राय छोरा मान्छेले भात खादा सुरुमा अप्सनी हाल्ने र अन्तमा कुकुरलाई एक गाँस बाहिर लाने चलन छ ।

 दशै  तिहार छठ मात्र हैन हाम्रो मुलुकमा इद लोसार क्रिसमस डे माघे संग्रान्ति क्वाटि चण्डी जस्ता पर्व पनि छन् सबै उत्सवलाई धर्म जातको आधारमा भन्दा सामाजिक सद्भावका आधारमा मनाऔ ।

                  धन्यवाद ।