झापा । 

माध्यमिक परीक्षा तह एसईई पास गरेका विद्यार्थीले झापाको बिर्तामोडमा होटल म्यानेजमेन्ट पढ्न पाउने भएका छन् । विद्यार्थीको बढ्दो माग र आवश्यकता समेतका आधारमा आदर्श स्कूल अफ म्यानेजमेन्टले यस्तो अवसर सिर्जना गरेको हो ।

झापाको बिर्तामोडमा पुरानो यातायात कार्यालयदेखि दुई सय मिटर दक्षिणमा आदर्श स्कूल अफ म्यानेजमेन्ट सञ्चालनमा छ । पूर्वाधारयुक्त आदर्श स्कूल अफ म्यानेजमेन्ट निधि एचएमको एउटा व्लक हो ।

२०७४ सालमा स्थापना भएको आदर्श स्कूल अफ म्यानेजमेन्टले होटल व्यवसायको क्षेत्रका लागि चाहिने जनशक्ति उत्पादनको प्रारम्भिक आधार तयार गर्दै विद्यार्थीहरुलाई व्यवहारिक र प्रयोगात्मक सीप सिकाइरहेको छ ।

एसईई पास गरेपछि के विषय पढ्ने भन्ने अन्योलमा परेका विद्यार्थीका लागि आदर्श स्कूल अफ म्यानेजमेन्ट एउटा गतिलो शैक्षिक संस्था बन्न पुगेको छ । यहाँबाट उत्पादन भएको जनशक्ति नेपालको तारे होटलदेखि विदेशसम्म पुगेका छन् । सिटीभिटी र इटीभीए समेतको आवद्धतामा आदर्श स्कूल अफ म्यानेजमेन्टले विद्यार्थीलाई होटल म्यानेजमेन्ट पढाउँदै आएको कलेजका निर्देशक सञ्जोग खरेलले बताए । आदर्श स्कूल अफ म्यानेजमेन्टमा विद्यार्थीले तीन ढंगले पढ्न पाउँछन् ।

पहिलो कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीले होटल म्यानेजमेन्ट पढ्ने अवसर पाउँछन् । यसबाहेक छ महिनाको प्रोफेसनल डिप्लोमा इन होटल म्यानेजमेन्ट कक्षा पनि कलेजमा सञ्चालनमा छ । डिप्लोमा इन होटल म्यानेजमेन्टको तीन वर्षे कोर्षमा पनि विद्यार्थीले अवसर पाउने निर्देशक खरेलले बताए । ‘कक्षा ११ मा अहिले १२० जना विद्यार्थीलाई भर्ना लिने तयारी छ’, खरेलले भने ।

आदर्श स्कूल अफ म्यानेजमेन्टले आफ्ना साझेदार संस्थासँग मिलेर विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि पनि पठाउँछ । आदर्श व्याङ्क्वेट, बृज क्याफे, टीङटङ डेलिभरि सर्भिस, आदर्श सरगम फिदिम लगायतका साझेदार संस्था छन् ।‘आदर्श स्कूल अफ म्यानेजमेन्टमार्फत पढाई पूरा गरेका विद्यार्थीले स्टेण्डर्ड रेष्टुरेन्टमा काम पाइरहेका छन्’, निर्देशक खरेलले भने ।

कम्युनिकेशन स्किल बढाउन र आतिथ्य क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थीका लागि होटल म्यानेजमेन्टको पढाई एउटा उत्तम विकल्प हो भन्छन्, कलेजका शिक्षक यज्ञराज कडरिया । होटल म्यानेजमेन्ट अन्तरगत आतिथ्य उद्योगका विभिन्न आयामबारे सिकाइन्छ । यसमा भोजन र पेय पदार्थ तयार पार्नेदेखि हाउस किपिङ अपरसेनसम्मका कक्षा सञ्चालन हुन्छन् ।

फ्रन्ट अफिस अपरेसन, कर्पोरेट फाइनान्स, सेल्स, मार्केटिङ, पब्लिक रिलेसनबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान पनि विद्यार्थीले पाउँछन् । होटल म्यानेजमेन्ट विषय लिएर कक्षा १२ उत्तीर्ण गर्ने विद्यार्थीको संख्या बढ्दै जाँदा स्नातकमा विद्यार्थीको चाप थपिदै गएको अध्यापनरत कलेजको तथ्याङ्कले पनि देखाउँछ ।

चिटिक्क पहिरन, हेरुहेरु लाग्ने साजसञ्जा, हँसिलो मुहार र मिजासिलो व्यवहारका कारण हस्पिटालिटी क्षेत्र विद्यार्थीको आकर्षणको केन्द्रमा पर्ने गरेको छ । व्यावहारिक अभ्यास हुने क्षेत्रका रुपमा पनि यसलाई लिइन्छ । पढाइ सकेलगत्तै काम पाइने, भएकाले विद्यार्थीको रोजाईमा होटल म्यानेजमेन्ट छ ।

‘आकर्षक कमाइ हुने र आतिथ्य सत्कारलाई तुलनात्मक रूपमा सजिलो पेसा मानिने हुँदा विद्यार्थीको यसतर्फ आकर्षण बढ्दो छ’, शिक्षक कडरियाले भने ।

  • किन पढ्छन विद्यार्थीले होटल म्यानेजमेन्ट ?

निर्देशक खरेलका अनुभवमा धेरै विद्यार्थीले यसलाई सजिलोको रुपमा लिन्छन्, यो ठीकै हो । तर सजिलो छैन् । कुरा के हो भने पढाई सकेपछि तत्काल काम पाइन्छ । होटल व्यवसायको क्षेत्रमा चाहिने पर्याप्त जनशक्ति नहुँदा समस्या छ । त्यस कारण काम सजिलै पाइन्छ । तलव पनि आकर्षक छ । सैद्धान्तिक र व्यवहारिक ज्ञान दुबै पाइने हुँदा पढाईमा विद्यार्थीले इन्जोय गर्न सक्ने धारणा खरेलको छ ।

‘नेपालमा मात्र होइन विदेशमा पनि जनशक्तिको खाँचो छ । होटल म्यानेजमेन्ट पढेर गएका विद्यार्थीले काम पनि पाउँछन् दाम पनि’, शिक्षक कडरियाले भने ।