बिर्तामोड । 

झापाको बिर्तामोड–५ मा अवस्थित न्यूटस एजुकेशन एकेडेमीले २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम  सम्पन्न गरेको छ । एकेडेमीले आज (बिहीवार) बिद्यालय परिसरमा विविध कार्यक्रम गरी २२ औं बार्षिकोत्सव मनाएको हो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । 

newtons


बिद्यालयले प्राथमिक तह साँस्कृतिक कार्यक्रमसहित २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । सोही कार्यक्रमकाबिच बिद्यालयले न्यूटन्सका पूर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, पूर्व प्रधानाध्यापक महेन्द्ररत्न तथा शैक्षिक ब्यक्तित्व किशोर प्रसाईलाई अभिन्नदन तथा सम्मान गरेको छ । उक्त सम्मान पत्र शिक्षक नारायण पौडेलले बाचन गरेका थिए । यसैगरी बिद्यालयलाई सँधै सर–सल्लाह, सुझाव र मार्गनिर्देशन गर्ने अभिभावका रुपमा सविता लिम्बु र दिनेश अधिकारीलाई सम्मान गरिएको थियो । उनीहरुको सम्मानपत्र बाचन शिक्षिका सुश्मा तामाङले गरेकी थिइन् । 

त्यस्तै जनसेवामा समर्पित ब्यक्तित्वका रुपमा डा. प्रियङ्का कटुवाल, स्त्रीरोग बिशेषज्ञ र डा. सीमा प्रधान एडभान्स प्याथोलोजी प्रमुखलाई सम्मान गरिएको थियो । उनीहरुको सम्मानपत्र शिक्षिका जेन्नी राईले बाचन गरेकी थिइन् । 

त्यसैगरी सामाजिक क्षेत्रमा क्रियाशील न्यूटन्स बिद्यालयका पूर्व बिद्यार्थीहरुलाई पनि कदरपत्रद्धारा सम्मान गरिएको थियो । उनीहरुको कदरपत्र शिक्षिका तीला परियारले बाचन गरेकी थिइन् । सम्मानीत सवै ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्की, बिद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागाई, बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारी, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईलगायतले अभिन्नदन, सम्मान तथा कदरपत्रसहित दोसल्ला र मायाको चिनोसहित उनीहरुलाई सम्मान गरिएको थियो । 

स्वागत तथा बिद्यालयको गतिबिधिबारे प्रकाश प्रिन्सिपल देबेन्द्र हुमागाईले पाररेको कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, नगर शिक्षा प्रमुख तिलचन भण्डारी, डा. प्रियङ्का कार्कीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन् ।