बुट्टाबारी । 

दोस्रो स्वर्गीय कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगिता भानु आधारभूत बिद्यालयलाइ हराउदै जुनकीरी आधारभूत बिद्यालय सेमिफाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको पहिलो खेलमा महारानीगन्ज माबि अर्जुनधारा ११ लाइ ट्राइबेकरमा ३ को विरुद्ध ४ गोल गरि भानु आधारभूत बिद्यालय अर्जुनधारा ३ ले बिजय हात पारेको थियो ।  सोही दिन दोस्रो खेल भानु आधारभूत बिद्यालय अर्जुनधारा ३ लाई १ को विरुद्ध ३ गोल लगाइ जुनकीरी आबि अर्जुनधारा ११ले बिजय हात पारी सेमिफाइनलमा प्रवेश गरेको छ । 

सो खेलमा म्यान अफ दि म्याच जुनकीरी आबिका खेलाडी जर्सी न ७ का रोशन हास्ता नगदसहित उपाधी प्राप्त गरेका थिए । हास्दाले दुई खेलमा ७ गोल गरेका थिए ।

अर्जुनधारा नगरपालिकामा रहेको ११ ओटा  सामुदायिक बिद्यालय अन्तर्गत आधारभूत तह  १–८ का छात्रहरु सहभागी हुने प्रतियोगिता माघ १७ देखी सुरु भइ माघ २५ गते फाइनल खेल हुने आयोजक महारानीगन्ज माबिका प्रधानाध्यापक मनबहादुर लिम्बुले बताएका छ्न् । गत बर्षदेखि आफ्ना स्वर्गीय बुबा कृष्ण प्रसाद डाँगीको स्मृतिमा अमेरिकामा रहदै आएका छोरा अरुणकुमार र यही नगरमा रहेका भक्तकुमार डाँगीले बालबालिकाहरुको खेलप्रतिको चाहाना र प्रेरणाका लागि खेलाउदै आएको डाँगिले बताएका छन् । 

प्रतियोगितामा प्रथम हुने बिद्यालयले रु बीस हजार र उप बिजेताले दस हजार नगदसहित ट्रफी सिल प्राप्त गर्ने कार्यक्रम संयोगक एवम् राष्ट्रिय रेफ्री ,प्रशिक्षक प्रदिप बस्नेतले बताउनु भयो ।