काठमाडौं ।
सरकारले संघीय र प्रदेशसभा निर्वाचनको मिति आज बस्ने मन्त्रिपरिषद बैठकले तोक्ने तयारी गरेको छ । यद्यपी, बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
चुनावबारे छलफल गर्न (बिहीबार) आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्दैछ। हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।
गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलपछि निर्णय लिने प्रस्ताव गरेपछि आज बैठक बस्न लागेको हो । निर्वाचन आयोगले आगामी मंसिर २ गतेमा एकै चरणमा गर्न सिफारिस गरेको थियो। तर, सरकारले ४ गते तोक्न लागेको हो।