झापा । 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको  छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु लाग्नेछ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।