झापा ।  

नेकपा एमालेका सांसद तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बिर्तामोड नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दिएका छन्  ।

शुक्रवार नगरपालिकाको कार्यालयमै उपस्थित भएर सांसद भट्टराईले नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई खदा लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।  भेटघाटका क्रममा नगरप्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको हालको अवस्थाको बारेमा संक्षिप्त जानकारी गराएकी थिइन् । सांसद भट्टराईले नगरको विकासका लागि आफुले सदैव सहयोग गर्ने विश्वास व्यक्त गरे ।  

भेटघाट कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, समाजसेवी गोपाल लकान्द्री लगायतको उपस्थिति रहेको थियो । एमाले सांसद तथा पूर्वमन्त्री भट्टराईलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।