काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता घनश्याम भुसालले असन्तुष्टी जनाएका छन् । स्पष्टीकरण सोध्न सिफारिस गर्ने अनुशासन आयोगको निर्णयप्रति नेता भुसालले असन्तुष्टिी जनाएको हुन् ।
नेता भुसालले आयोगको सिफारिसप्रति टिप्पणी गर्दै उनले पार्टीले पराजय भोगेको नैतिक जिम्मेवारी अध्यक्ष, सचिवालयमा रहेका सबै नेताले लिनुपर्ने बताएका छन् । उनले आफूलाई कारबाहीका लागि प्रस्टीकरण सोध्ने नैतिक धरातल नै नभएको बताएका छन् ।
कारबाहीको सिफारिसको निर्णय विनाशकाले विपरीत बुद्धि हो भएको भन्दै उनले भनेका छन् ‘त्यो स्पष्टीकरण सोध्ने नैतिक साहस र ग्राउन्ड ओलीसँग छ भन्ने मलाई लाग्दैन ।’ स्पष्टीकरण तिनीहरूलाई नै सोध्नुपर्ने उनको भनाई छ । उनले त्यस बिषयमा अहिलेसम्म आफुले कुनै औपचारिक जानकारी नपाएको बताउँदै बाँकी सबै कुरा बुझेपछि मात्रै प्रतिक्रिया जनाउँने उनले बताएका छन् ।


















