नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिबसताक्षी नगरको समिक्षा बैठक सप्पन्न भएको छ । शनिवार (आज) दुधेको सामुदायिक अध्यायन केन्द्रको भवनमा भएको पार्टीको समिक्षा कार्यक्रममा नेपाली कांग्रेसको आन्तरिक खिचतानी र गुटबन्दीको कारण अपेक्षित परिणाम नआएको निस्कर्स निकालेको छ ।
अधिकांश वडाको रिपोर्ट लिदै उक्त निश्कर्स निकालीएको नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए । कार्यक्रममा १ नम्बर प्रदेशका कृषिमन्त्री झलकसिंह दर्लामीले निर्वाचनको परिणाम जे आए पनि जनताको काममा लाग्न निर्देशन समेत दिएका छन् ।
पार्टीका झापा सह–संयोजक राजु आचार्यले शिबसताक्षीमा माओवादीको मत बढेको र अझै बढाउन लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा जिल्ला संयोजक राजु आचार्य (अग्नि), जिल्ला सचिव मोहन टुडु प्रदेश सदस्य कल्पना कार्की, जिल्ला सदस्य रामबहादुर राई, नरप्रसाद लामिछाने, शन्त पौडेललगायतले आफ्नो बिषय राखेको थिए ।
कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा पार्टीलाई असहयोग गर्ने साने राई, केशव ढकाल, लक्ष्मी माबो, केबि काम्बाङ, चौतु राजवंशीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको छ । अन्यलाई वडा समितिलाई असार ५ गतेसम्म प्रमाणसहित सिफारिस गर्न निर्देशन दिने निर्णय गरेको छ ।
नगर अध्यक्ष महेन्द्र भट्टराईको अध्यक्षतामा भएको समिक्षा कार्यक्रमको सञ्चालन सचिव सन्जय राईले गरेको थिए ।