मेचीनगर ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर नगर कमिटीले पार्टीको हित विपरित गतिबिधि गरेको भन्दै मेचीनगर नगरपालिका वडा नं. ११ का वडा कमिटी अध्यक्षलाई पार्टीबाट कारवाही स्वरुप निश्काशन गरेको छ ।
पार्टीको नगर कमिटीको बुधवार (आज) बसेको बैठकले वडा नं. ११ का वडा कमिटी अध्यक्ष राजकुमार रिजाललाई आजैको मितिदेखि साधारण सदस्य समेत नरहने गरी निश्काशन गरेको हो ।
रिजालले पार्टीका नीति तथा सांगठानिक मुल्य मान्यता र पद्धति विपरित कार्य गरेको ठहर भएको भन्दै पार्टीका नगर इन्चार्ज पुष्प गुरागाई र नगर अध्यक्ष राजन चिमरियाले संयुक्त बिज्ञप्ती प्रकाशित गर्दै निश्काशन गरेको जनाएका छन् । नगरले जारी गरेको बिज्ञप्तीमा इन्चार्ज गुरागाई र अध्यक्ष चिमरियाले हस्ताक्षर गरेका छन् ।
पार्टीको नीति–पद्धति बिपरित गतिविधि गरेको पाएपछि पार्टीले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणकै क्रममा बुधबार रिजाललाई निष्कासन गरेको माओवादी केन्द्र मेची नगरका अध्यक्ष राजन चिमरियाले जानकारी दिए ।