बिर्तामोड ।   

नेकपा एमाले बिर्तामोड नगरकमिटिले आजदेखि घरदैलो कार्यक्रम शुरु गरेको छ । स्थानीय तह निर्वाचन मिति नजिकिएसंगै एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाई, उपप्रमुखको उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलासहित घरदैलो कार्यक्रम शुरु गरेको हो । 

घरदैलो कार्यक्रम आज वडा नम्बर ५ मा केन्द्रित रहेको निर्वाचन प्रचार प्रसार समितिका संयोजक राष्ट्रिय सभाका पुर्व सदस्य हरिचरण शिवाकोटीले जानकारी दिए । उम्मेदवारहरुले सबैका घर, पसलमा पुगेर नेकपा एमालेलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।

घरदैलो कार्यक्रममा वडाध्यक्षको उम्मेदवार राजेन्द्रप्रसाद लिङदेन, महिला सदस्य शान्ता रोका क्षेत्री, दलित महिला सदस्य मालती विश्वकर्मा, सदस्यहरु ओमभक्त सेडाई र दुर्गाप्रसाद शिवाकोटी पनि सहभागी रहेका छन् । 

एमालेले हिजो वडा नम्बर १० मा पुगेर बैशाख १२ गते वडा नम्बर १ देखि शुरु गरेको चुनावी प्रचार अभियान अन्तर्गत कोणसभाको कार्यक्रम एक चरण सम्पन्न गरेको छ ।