बिर्तामोड ।
नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान बुधवार वडा नम्बर १० मा सम्पन्न गरेको छ । बैशाख १२ गते वडा नम्बर १ देखि सुरु गरेको प्रचार अभियान वडा नम्बर १० मा पुगेको हो । प्रचार अभियानमा नगरप्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई,उपप्रमुखका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौला सम्बन्धित वडाका वडाध्यक्ष तथा सदस्यका उम्मेदवार, नेता,कार्यकर्ताको बाक्लो उपस्थिति रहँदै आएको थियो ।
बुधबार वडा नम्बर १० का उत्तर भुतेनी, दक्षिण भुतेनी, सैनिक बजार, चमरधाप लोक्ताप गाउँ, ठुटेबर, फेसबुक चोक लगायत विभिन्न स्थानमा कोणसभाको आयोजना गरीएको छ । वडा नम्बर १०मा वडाध्यक्षमा रिमानध्वज लोक्ताम उम्मेदवार छन् । यस्तै वडा सदस्यहरुमा महिला तर्फ गीता घिमिरे,दलित महिला सदस्यमा पुर्णिमा लाम्गादे र खुल्ला तर्फ प्रेमबहादुर पौडेल,पृथ्वीबहादुर बस्नेत रहनु भएको छ । वडा नम्बर १० मा नेकपा एमाले र राप्रपा विच गठवन्धन छ ।
वडा नम्बर १०का विभिन्न स्थानमा गरिएको कोणसभालाई नगर प्रमुखका उम्मेद्वार पवित्रा महतरा प्रसाई, उपप्रमुखका उम्मेद्वार नगेन्द्रप्रसाद संग्रौला, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, प्रदेश सांसद एकराज कार्की, राष्ट्रिय सभाका पुर्व सदस्य हरिचरण शिवाकोटी, नगरप्रमुख ध्रुवकुमार शिवाकोटी लगायतका नेताहरुले सम्वोधन गरेका थिए । नगरका अन्य वडामा जस्तै यस वडामा पनि एमालेका उम्मेदवार बलियो रुपमा देखिएका छन् । एमाले उम्मेदवारहरुले टोलटोलमा रहेका ज्येष्ठ नागरिकहरुलाई खदा लगाएर सम्मान समेत गर्दै आएका छन् ।