हल्दिबारी ।
झापा जिल्ला साबिक जलथल गाबिसको वडानम्बर–४ काजलीबजार र हाल हल्दिबारी गाउँपालिकाको वडानम्बर–४ मा बि.स. २०३२ सालमा बुवा बुधराइ तथा माता दलह हेमरमको कोखबाट साईला पुत्ररत्नको रुपमा जन्मिएका लखन हेमरम हल्दिबारीमा बि बाट एसएलसी र मेची बहुमुखी क्याम्पसमा आर्इएसम्म अध्ययन गरेका बौद्धिक ब्यक्ती हुन् । हेमरम एक समाजसेवी लोकप्रीय, स्वच्छ छबीका युवा हुन्।
स्थानीय सरकारको निर्वाचन–२०७९ को चुनाबी रणभुमिमा उत्रिका युवा नेता हेमरम लामो समय देखिनै बिकासको प्रकृयामा पछि परेको साबिक जलथल र हालको हल्दिबारीको चौतर्फी बिकास प्रकृयालाई साथ लिएर अघि बढ्ने विभिन्न बिबिधतालार्इ आत्मासात गरी त्यसको हित र सम्बर्द्धनका लागि खुल्ला वकालत गर्दै आएका छन् ।
हेमरमले हल्दिबारी गापा कै सुप्रसिद्ध पाथिभरा सिङंकाली धार्मिक तथा पर्यटकीय बिकास क्षेत्रको अध्यक्ष र युवा बर्ग तथा खेलकुद क्षेत्रको बिकासमा प्रतिबद्ध दिपज्योती युवा परिवारको सस्थापक सल्लाहकारको रुपमा निरन्तर कार्यरत रहेका छन् । त्यसैगरी श्री श्री १००८ बाबा गणिनाथ समाबेसी सेवा समितिको सहयोगी एवम सल्लाहकार, लोपोन्मुख मेचे, प्राचिन राजवंशी आदिबासी समाजको नजिक मात्र भएनन् कि स्थानीय तहमा रहेका जातिगत सामाजिक बिबिधताको पक्षमा पनि उत्तिक्कै सकृय रहने मिजासिलो, हसिलो स्वभाबका ब्यक्तित्व हुन् ।
उनी आदिवासी जनजाती महासंघ हल्दिबारीको अध्यक्ष, नेपाल सन्थाल आदिवासी उत्थान संघ झापा जिल्ला कार्यसमितिका अध्यक्ष साथै आदिवासी जनजाति महासंघको जिल्ला सदस्य र धनुषपोखरी पर्यटकीय क्षेत्रमा अवस्थित नेपाल सन्थाल दिशम मक्षिहियानका अध्यक्ष समेत हुन्।
लामो समयसम्म नेपाली कांग्रेस जलथल, झापा क्षेत्र न. १ , ३ कार्यसमिति, जिल्ला कार्यसमिति हुँदै हाल प्रदेश महाधिवेशन प्रतिनिधिको रुपमा कार्यरत भै काम गर्दै गर्दा तत्कालीन सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा एकबद्धताका साथ गरेको चुनाबी तालमेलमा उपाध्यक्षको रुपमा आफ्नो उम्मेदवारीको आकाक्षी राख्दै गर्दा राजनैतिक दलसँग गठबन्धन नहुँदा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षको रुपमा आफुलार्इ स्थापित गर्न नसकेपछी नेपाली कांग्रेस पार्टीलाई त्यागगरी स्वतन्त्र उम्मेदवार उपाध्यक्षको रुपमा आफ्नो मनोनयन दर्ता गरेका छन् । उनीसँग लामो राजनीति तथा सामाजिक संघ संस्थाहरूमा काम गरेको अनुभवी अनुभव भएका ब्यक्ति समेत हुन्।उनले आज हल्दीबारी गाउँपालिका अन्तरगत निर्वाचन कार्यालयबाट ‘मुँडा’ चिन्ह समेत पाएका छन् ।