झापा । 

झापाको हल्दीबारी  गाउँपालिकामा आसन्न बैशाख ३० गते स्थानीय तह चुनावका लागि बैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता गराएका मध्ये ६ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

फिर्ता लिने उम्मेद्वार नेपाली कांग्रेस, जनता समाज पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीको उम्मेद्वार रहेका छन् । 

निर्वाचन अधिकृतको कार्यालय हल्दीबारी झापाले दिएको जानकारी अनुसार उम्मेद्वारी फिर्ता लिनेमा नेपाली कांग्रेस हल्दिबारी गाउँपालिका उपाध्यक्ष पदकी उम्मेद्वार चन्द्रकला राईसहित ६ जना रहेका छन् । 

उम्मेद्वारी फिर्ता लिनेमा नेपाली कांग्रेस वडा नम्बर १ महिला सदस्य लीलादेबी पाठक, जसपा नेपाल पार्टी नेपाल (जसपा)  सदस्य वडा नम्बर १ सुकमाया लिम्बु, जसपाबाटै हल्दीबारी १ को वडाअध्यक्ष्य पदमा उम्मेद्वारी मनोनयन गराएका ध्रुवकुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै जसपा वाटै वडा १ सदस्य पदका उम्मेद्वार अर्जुन राना मगर  र वडा सदस्य पदका उम्मेद्वार नेकपा (एकीकृत समाजबादी) हल्दिबारी–२ का भिमकुमार मगर  रहेको छन् ।  बैशाख १६ गते अन्तिम उम्मेद्वारी फिर्ता लिने समय थियो ।