- चन्द्र बस्नेत
सुरुङगा ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले कनकाई नगरले आज (बुधवार) देखि घरदैलो अभियान सञ्चालन गर्ने भएको छ ।
वडा ४ मा रहेकोे लक्ष्मी पाण्डे सालिकामा पुगेर औपचारिक रूपमा उम्मेद्बारहरुलाई पार्टीको झन्डा हस्तान्तरण गरि घर– दैलो अभियान गरिने पार्टीका नगर अध्यक्ष खड्ग प्रसाईले जानकारी दिए ।
नगर भरिरहेका मतदाताको घरघरमा पुगेर भोट माग्ने र जनताको समस्या सुन्ने गरी घरदैलो अभियान शुरु गर्न एमालेले मंगलबार आन्तरिक छलफलमा गरेको एमाले नेता तथा निर्वाचन परिचालन समितिका संयोजक रविन्द्र लम्सालले जानकारी दिए ।
निर्वाचनमा जित हासिल गर्ने गरि सशक्त ढंगले स्थानीय मतदाताहरुको घर घरमा जाने तयारीमा नेकपा एमाले जुटेको संयोजक लम्सालले बताए । उनका अनुसार मंगलबार सम्पन्न वडा तथा नगर कमिटीहरुको बिस्तारित बैठकले यस्तो अभियानबारे बिचार विमर्श गरेको थियो ।
मंगलबार प्राय सबै वडाहरुमा बिस्तारित बैठक सम्पन्न भएको छ । बिस्तारित बैठकमा केन्द्रीय , छेत्रीय , जिल्ला एवम नगर तथा सबै वडा स्तरीय नेताहरु क्रमशः बाल कृष्ण मैनाली , गोपाल चुडाल , देवी प्रसाद उप्रेती , गोकर्ण ओझा ,राजेन्द्र उप्रेती , टन्क बहादुर कार्की तुला राम बस्नेत , बिनोद राना, नगर अध्यक्ष खड्ग प्रसाईं लगायतको उपस्थिति रहेको निर्वाचन परिचालन समितिका सयोजक लम्सालले जानकारी दिए ।
बैठकमा सबै वडाका अध्यक्ष लगायत सदस्यहरुको समेत उपस्थिति रहेकोे थियोे । नगर अध्यक्ष खड्ग प्रसाईंको अध्यक्षमा सम्पन बैठकमा अधिकांश एमाले नेताहरुले चुनावको नतिजा आफ्नै पक्षमा हुने भन्दै थप तयारीमा जुट्न, सबै वर्ग र क्षेत्रमा पुगेर प्रभावकारी प्रचार–प्रसार गर्न आवश्यक रहेको औल्याएका थिए ।
बैठकले एमाले सशक्त रुपमा आम मतदाता सम्म जानका लागि रबिन्द्र लम्साल सयोजक रहेकोे १ हजार ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । जसमा छुट्टाछुट्टै विभिन्न उपसमिति समेत गठन गरिएको छ । बैठकले युवा परिचालन समिति, प्रचार–प्रसार समिति लगायतका उपसमिति समिति गठन गरेको जनाइएको छ ।