हल्दीबारी ।
हल्दिवारी गाउँपालिका को निर्वाचन कार्यालयमा कांग्रेसले अध्यक्षमा तुलसीप्रसाद ओली र उपाध्यक्षमा चन्द्रकला राईसहित पाँचवटै वडामा वडाध्यक्षसहित सदस्य पदमा मनोनयन दर्ता गरेको छ।
पाँचवटै वडाबाट उत्साहजनक रूपमा कार्यकर्ता को सहभागिता रहेको थियो । मनोनयन दर्ता अघि नेपाली कांग्रेसको पार्टी कार्यालय मंगलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै हल्दिवारी ४ का निवर्तमान वडाध्यक्ष होम चुडालले यसपालि कांग्रेसको बहुमत आउने कुरामा आफू विश्वस्त रहेको धारणा ब्यक्त गरेका थिए ।
त्यस्तै अध्यक्षका उम्मेदवार ओलीले नेकपा ले गरेको भष्ट्राचार र गाउँपालिकालाई कर्मचारी नियुक्तिको केन्द्र बनाउनबाट रोक्न पनि कांग्रेसलाई जिताउन आग्रह गरे। शिक्षा स्वास्थ्यमा सवैको पहुँच पुर्याउने तथा अति विपन्न वर्गका मानिसहरूलाई गरिवी कार्ड बनाएर खाधन्न तथा अन्य उपभोग्य वस्तु मा सहुलियतको व्यवस्था गर्ने उद्देश्यका साथ उम्मेदवारी दिएको बताए ।
उनले कांग्रेस नेतृत्वको सवै टिमलाई जिताउन सबै कार्यकर्ता तथा परिवर्तन प्रेमी आम जनतालाई आग्रह गरेका छन्। हल्दिवारी पार्टी सभापति गंगा प्रसाईको सभापतित्वमा भएको कोणसभा सकेर गाउँपालिका पुगेर उम्मेदवार मनोनयन दर्ता गरेको छ सबै वडाका उम्मेदवारहरुको नामावली यसप्रकार रहेको छ ।
गाउँपालिका अध्यक्ष तुलसी प्रसाद ओलि
उपाध्यक्ष चन्द्रकला राई
वडानम्बर –१ वडाध्यक्ष रत्नबहादुर अधिकारी
सदस्यहरुः लिला बहादुर गुरुङ्ग (प्रकाश,
रामबहादुर कार्की,
लीलामाया पाठक
गोमा देबि बाग्दस
वडा नं २ वडाध्यक्ष ःकृष्णप्रसाद प्रसाईं
सदस्य ः प्रेम कुमार योन्जन
मोहनकुमार राजबंशी
शर्मिला अधिकारी
मिनाकुमारी बराइली
वडा नं ३ वडाध्यक्ष ः ईन्द्रबहादुर वन
सदस्य ःनिरा दाहाल
सुनीराम मेचे
शुकमाया गुरुङ
सनमाया सुन्दास
वडानम्बर ४ वडाध्यक्ष होमप्रसाद चुडाल
सदस्यः रुद्रप्रसाद उप्रेती,
सेवेन मेचे
मन्जु सुवेदी दाहाल
कुशुम कुमारी धौलाकोटी
वडा नं ५ वडाध्यक्ष खड्क लावती
सदस्यः भानभक्त प्रसाईं
बिजय फागु
सृजना धौराली खरेल
तिलमाया दर्जी