बिर्तामोड ।
नेपाल परिवार दल झापाले झापाको बिर्तामोडको मेयर र वडा अध्यक्षमा उम्मेद्वारी मनोनयन दर्ता गराएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलका झापा सचिव केदार ढुङ्गानाले बिर्तामोडको मेयर र दलका जिल्ला सदस्य हरिप्रसाद गौतमले बिर्तामोड–५ को वडाअध्यक्ष पदमा उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् ।
परिवार दलले झापाभरबाट बिर्तामोड नगरपालिकामा मात्र २ वटा पदमा उम्मेद्वारी दिएको दलका झापा सचिव ढुङ्गानाले जानकारी दिए ।