मेचीनगर ।
आसन्न स्थानीय तहको निर्वाचन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संयुक्त गठबन्धनका तर्फबाट मेचीनगरको उप–मेयरमा प्रकाश भन्डारी (संजोग) ले मनोनयन दर्ता गरेका छ्न् । उपमेयरमा ५ जना आकांक्षीमध्ये भण्डारीको नाम सर्बसम्मतपछि दर्ता गराएका हुन् ।
मेचीनगरका १५ वटै वडामा गठबन्धन दल मध्ये माओवादी केन्द्रबाट मनोनयन दर्ता गराइसकेको छ भने यो समाचारको समयबधीसम्ममा दर्ता गराउने क्रम जारी छ ।
मेचीनगरको वडा नं.१ मा सदस्यमा पदम बहादुर श्रेष्ठ, वडा नं.२ अध्यक्षमा गोपीकृष्ण रिजाल, वडा नं.३ तेजप्रसाद भन्डारी, वडा नं.४ सदस्यमा खगेन्द्र बिश्वकर्माले निर्वाचन कार्यालय मेचीनगरमा मनोनयन दर्ता गराएका छ्न् ।
त्यसैगरी वडा नं.५ सदस्यमा उमेश उप्रेती, वडा नं –६ सदस्यमा अन्जली विश्वकर्मा, वड़ा नं–७ सदस्यमा बिमला चम्लागाई (आचार्य), वडा नं(८ सदस्यमा तुलसा कुमारी खत्री, वडा नं.९ सदस्यमा भक्तिप्रसाद आचार्य, वडा नं.१० सदस्यमा चन्द्रकुमारी राईले दर्ता गराएका छ्न् ।
वडा नं.११ अध्यक्षमा शान्तिराम चिमरीया, सदस्य पबित्रा सेन्चिउरी, वडा नं.१२ अध्यक्षमा नरेन्द्र धिमाल, सदस्य रोनालाल मेचे, सदस्यमा लीला बराईली, वडा नं.१३ सदस्यमा दिलकुमार राजवंशी, वडा नं. १४ अध्यक्ष बावुलाल सुब्बा, सदस्यमा चन्दशेर लिम्बु, सदस्यमा सीता राजवंशी वडा नं.१५ सदस्यमा भक्तराज सुब्बाले मनोनयन दर्ता गराएका छ्न् ।