धरान ।
नेकपा एमाले धरान उपमहानगर वडा नं १० निर्वाचन परिचलान समितीको कार्यालय सोमबार उद्घाटन भएको छ । एमालेको तर्फबाट उम्मेद्धवार वनेका मेयर मन्जु भण्डारी सुवेदी र उप–मेयर पदम इस्वो सहित नेता तथा कार्यकर्ताको उपस्थितीमा कार्यालयको उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेयरका उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले आसन्न स्थानीय तहको निर्वाचनमा सुर्यध्वजा वाहक चिन्हमा मतदान गरेर बिजय गर्न गराउन आग्रह गरिन् । भण्डारीले धरान उपमहानगर भरी नै एमालेमय भएको भन्दै यसपालीको निर्वाचनमा एमालेको जित सुनिश्चत हुने वताइन् ।
उप मेयरका उम्मेद्धवार पदम इस्वोले आम धरानवासीले एमालेको उम्मेद्धवारलाई जिताउनको लागि आतुर भएको भन्दै चुनाव जितेर छाड्ने वताए । एमालेको तर्फबाट उम्मेद्धवार वनेको मेयर तथा उप –मेयर अहिले मतदाता एव्म आम धरानवासीसँग घरदैलो अभियानमा व्यस्त रहेका छन् । कार्यक्रममा धरान वडा नम्बर १० का उम्मेद्धवार विवेक राईले आफ्नो वडामा जित सुनिश्चित हुने भन्दै चुनावी अभियानमा तीव्र रुपमा लागि परेको वताएका छन् ।