झापा ।
नेपाली कांग्रेस झापा क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले पार्टी परित्याग गरेका छन् । थापाले पार्टीको साधारण सदस्य समेत नरहनेगरी आज(सोमवार) कांग्रेस झापा सभापति देउमान थेवेलाई राजीना पत्र बुझाएका हुन् ।
कनकाई नगरपालिकाका नगरप्रमुखका आकांक्षी थापाले अन्तिम अवस्थामा टिकट नपाएपछि पार्टीमा केही लोभी–पापीले जरो गाडेको भन्दै राजिनामा दिएका हुन् ।
लामो समयदेखि राजनीतिसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएका थापाले टिकट नपाउँदा उनका समर्थक तथा शुभचिन्तकहरु दुःखी भएका छन् ।