हल्दीबारी । 

राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारीले पाँच वटै वडामा उम्मेदवारहरु सर्वसम्मत चयन गरेर पार्टीको निर्देशन अनुसार भ्रष्टाचार मुक्त समाजको निर्माण गर्ने र घोषणापत्र अनुरुप विकासको काम गर्ने बाचाका साथमा उम्मेदवारहरुको घोषणा गरेको छ ।

आइतवार (आज) हल्दिबारी गाउँपालिकाको नयाँ भवनमा बाजागाजाका साथ मनोनयन दर्ता गराउने कार्यक्रम रहेको राप्रपा हल्दीबारी सचिब प्रलाद शिलवालले जानकारी दिएका छन् ।

उनका अनुसार गाउँपालिका अध्यक्षमा रविन्द्रप्रसाद लिङ्देन गाउँपालिका उपाध्यक्षमा लक्ष्मी मैनाली वडा न. १ वडाअध्यक्षमा देवीबहादुर थापा वडा नं. २ वडाअध्यक्षमा कमल राई वडा नं. ३ वडाअध्यक्षमा श्रीबम बहादुर कन्दङ्वा वडा नं. ४ वडाअध्यक्षमा सन्तकुमार थापा र वडा नं. ५ वडाअध्यक्षमा  मदन तामाङले उमेम्द्वारी मनोनयन गर्ने जनाइएको छ ।

त्यस्तै  सबै वडाहरुमा खुल्ला पुरुष सदस्यहरु, महिला सदस्यहरु तथा दलित महिला सदस्यहरू पनि सर्वसम्मत् भएको जनाइएको छ । लिङ्देन राप्रपाको तर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट हल्दीबारी गाउँपालिकाको निर्वाचित अध्यक्ष समेत हुन् ।