झापा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हल्दीबारी गाउँपालिकाका सवै वडामा पार्टीको जनबर्गिय तथा जातीय संगठन निर्माण भएको छ ।
पार्टीको शनिवार (आज) भएको ४ सय ५० वढी अगुवा नेता तथा कार्यकर्ता भेला तथा प्रशिक्षणसहित जनबर्गीय तथा जातीय संगठन गठन भएको हो ।
हल्दीबारी गाउँपालिका कार्यबाहक अध्यक्ष टीका राउतको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा प्रदेश नं. १ का कृषिमन्त्री तथा पार्टीका केन्द्रिय सदस्य झलकसिंह दर्लामी (सन्देश) को प्रमुख आतिथ्य रहेको थियो ।
सोही कार्यक्रमकाबीच पार्टीको जनवर्गीय संगठन अखिल (क्रान्तिकारी), वाइसिएल, अनेम संघ, किसान संघ, सुकुम्वासी संगठन, मजदुर संगठन, बुद्धिजिवी संगठन साथै जातीय मोर्चा मेचे, लिम्बुवान, सन्थाललगायतका मोर्चाहरु पालिकाका ५ वटै वडामा गठन भएको छ ।
कार्यक्रममा औचित्य तथा बिषय बस्तुका बारेमा पार्टीका पालिका इन्चार्ज तथा निर्वाचित हल्दिबारी २ का वडाअध्यक्ष राजेन्द्र योङहाङले प्रस्ट पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि सन्देश, पार्टीका प्रदेश सदस्य तथा झापा सह–इन्चार्ज ज्योतिसिंह दर्लामी, झापा संयोजक राजु आचार्य(अग्नि), झापा सचिव मोहन टुडु(सरोज), पार्टीका क्षेत्रिय संयोजक भवानीप्रसाद दंगाल (भानु), नेता भक्ति शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका पालिका सचिव जीत राजवंशीले गरेका थिए ।