झापा ।
झापाको कनकाई नगरपालिकाबाट नेकपा एमालेका तर्फबाट मेयर तथा उपमेयरमा पुरानै अनुसार उम्मेद्वार बन्ने भएको छन् ।
यसअघिका मेयर राजेन्द्रकुमार पोखरेल र उपमेयर मञ्जु प्रसाई उम्मेद्वार बन्ने भएका हुन् । नेकपा एमालेले पोखरेल र प्रसाईलाई नै कनकाई नगरपालिकाको उम्मेद्वार बनाउने भएको जनाइएको छ ।
मेयर पोखरेल र उपमेयर प्रसाई २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधि पनि हुन् ।