हल्दीबारी ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हल्दीबारी गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट कृष्णप्रसाद प्रसाईंसहित सदस्यहरुका वडा समितिले टुङ्गो लगाएको छ ।
कांग्रेसको वडा समितिले सर्वसम्मत निर्णय गरी गाउँ समितिमा पठाएको र गाउँसमितिको बैठकले उक्त सिफारिस जिल्ला र प्रदेशमा गर्ने सर्वसम्मत् निर्णय गरेको हल्दीबारी गाउँ समिति सभापति गंगाप्रसाद प्रसाईंले जानकारी दिए ।
प्रसाईं गत स्थानीय चुनाबमा उपबिजेता बनेका थिए । उनी हल्दीबारीका सफल युवा उधोगी, समाजसेवी तथा सामाजिक कार्यमा सक्रिय ब्यक्ति हुन् भने नेपाली कांग्रेस केन्द्रीय महाअधिबेशन प्रतिनिधि समेत हुन् । हल्दिबारी २ कांग्रेसले वडा सदस्यहरू समेत सर्वसम्मत चयन गरेको छ। वडा सदस्यमा मोहन सिंह राजबंशी, प्रेम योन्जन, महिला सदस्य शर्मिला बस्नेत र दलित महिला सदस्य मीना बराइली छनोट भएका छन्।
पार्टीको वडा समितिले यसअघि नेपाली काँग्रेस वडा नम्बर ३ , ४ ,५ ले वडाअध्यक्षसहित सबै सदस्यहरूको सर्वसम्मत् नाम सिफारिस गरिसकेको छ।