मेचीनगर ।
नजिकिएको स्थानीय तहको चुनावको लागि मेचीनगरमा गठबन्धन दलहरुबीच उम्मेद्वार बाँडफाँडको टुङ्गो लागेको छ । गठबन्धनभित्रका पार्टीबीच निकै लामो छलफल र वार्तापछि सहमति भएको माओवादी केन्द्र मेचीनगरले जनाएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजबादी पार्टीबीचको गठबन्धनले शुक्रबार मेचीनगरको मेयर उपमेयरसहित वडाअध्यक्ष उम्मेद्वारको टुङ्गो लगाएको माओवादी केन्द्र मेचीनगरको निर्वाचन परिचालन समितिले जनाएको छ । लिम्बुवान मुक्ति मोर्चा र जनमुक्ति पार्टीबीच छलफलकै क्रममा रहेको छ ।
नेपाली काँग्रेसलाई ३८ सिटमा उम्मेद्वार दिने सहमति भएको छ भने नेकपा माओवादी केन्द्रले २१ सिट पाउने भएको छ । त्यसैगरी एकीकृत समाजवादीले ८ सिट र जनता समाजबादी पार्टीले पनि ८ सिट पाउने गरी सहमति भएको जनाइएको छ ।
मेचीनगरमा ८० सिटमा उम्मेद्वार निर्वाचित हुने छन् । १५ वडामा वडाध्यक्षको टुंगो लागेको छ । नेपाली काँग्रेसले ९ सिट, माओवादी केन्द्रले ४, जसपा र एकीकृत समाजवादीले १–१ सिट पाउने सहमति भएको छ ।