झापा ।

झापाको दमक नगरपालिकाको नगरप्रमुखमा माओवादी केन्द्रले प्रदेश १ का कोषाध्यक्ष तथा दमकका युवा नेता गगन पुरीको नाम चर्चामा रहेको छ ।

पाँच दलिय गठबन्धनमा दमक नगरपालिकाको नगरप्रमुख माओवादीलाई दिने सहमति नजिक पुगेकाले माओवादी केन्द्रका नेता पुरीलाई उमेदवार बनाउँदा दमक नगरपालिकामा बिकासँगै युवाहरूको आकर्षण बढ्ने भएको छ । दमकलार्र्इ नमुना नगर बनाउन सक्ने उम्मेदवारका युवा नेता पुरीलाई रुपमा हेरिएको छ ।

नगरप्रमुखमा पुरीको चर्चासँगै  एमालेमा ठुलै हलचल मच्चिएको एमालेका एक स्थानीय नेताले बताए । पुरीको चर्चासँगै दमकमा भने सबै बर्गका जनताहरुमाझ नयाँ उत्साह देखिएको छ । नगरका युवा, महिला, पुराना नेता, कार्यकर्ता पुरी उमेदवार बने यसपटक नगरमा माओवादी इतिहास रच्दै आगामी ५ वर्षमा दमक नगरपालिकाले विकासमा फड्को मार्ने विश्वास लिएको बताउँछन् ।

युवा नेता पुरीले अहिले प्रारम्भिक रुपमा जनमत बुझ्दै सक्रिय रुपमा नगरपालिकाभरिका जनतामाझ पुगेका छन् । नगरका गाउँ–गाउँ पुगिरहेका उनले स्थानीय र पार्टीका नेता कार्यकर्ताको साथ लिएरै अघि बढ्ने बताए ।

नेता पुरीले झापाको दमकलाई नेपालकै उत्कृष्ट नगर बनाउने सपना र प्रष्ट योजना रहेको बताएका छन् ।  उनले पार्टीको निर्णय आत्मसाथ गर्दै अगाडी बढ्ने बताउँदै आएका छन् ।