शरणामती।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापा गाउँपालिकाले अध्यक्ष पदको उम्मेदवार सर्वसम्मत टुङ्गो लगाएको छ।
बिहिबार(आज ) झापा–३ कामाटोलीमा भएको माओवादी केन्द्रको भेलाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको हो ।
गाउँपालिकाको अध्यक्ष पदका लागि माओवादीले रुद्र बजगाईंलाई सर्वसम्मत् निर्णय गरेको हो। पार्टीका तर्फबाट उम्मेद्वार बनेका बजगाईंले पार्टीलाई धन्यवाद दिदै आफ्ना एजेन्डा समेत प्रस्तुत गरेका थिए। बजगाईले संविधानले निर्माण गरेको नमुना गाउँपालिका निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
उनले स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिचाईं प्राथमिकतामा राख्ने बताएका छन्। स्थानीय कर, विकासका आयोजना परियोजना, आधारभुत माध्यमिक शिक्षालाई वैज्ञानिक ढंगले सञ्चालन गर्ने बताए। बजगाईले स्थानीय अदालतको सञ्चालन समेत गर्ने बताएका छन् ।
बजगाईले आफूले जितेर गाउँपालिका अध्यक्ष भए गाउँपालिका प्रहरी, घरजग्गा धनिपुर्जा वितरण, एफएम संचालन गर्ने उद्देश्य रहेको छ।ब जगाईले उम्मेदवारी घोषणा गर्दै स्थानीय तहको स्थापना नै माओवादी केन्द्रले गरेको जिकिर गरे । गाउँ–गाउँमा सिंहदरबार माओवादीकै नारा हो अब जसको नीति उसको नेतृत्व बनाउन सहयोग गर्न उनले भेलामा आग्रह गरे ।
सत्तारुढ गठबन्धनको तालमेलका विषयमा बहस चलिरहँदा झापा गाउँपालिकामा भने गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको आ–आफ्नो पार्टीबाट विभिन्न पदका लागि उम्मेदवार सर्वसम्मत गर्ने र उम्मेदवारी घोषणा गर्ने कार्य जारी राखेका छन्।