हल्दीबारी ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हल्दीबारी गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट खड्ग लावती लिम्बुसहित सदस्यहरुका टुङ्गो लगाएको छ ।
कांग्रेसको वडा समितिले सर्वसम्मत निर्णय गरी गाउँ समितिमा पठाएको र मंगलबार गाउँसमितिको बैठकले उक्त सिफारिस जिल्ला र प्रदेशमा गर्ने सर्वसम्मत् निर्णय गरेको हल्दीबारी गाउँ समिति सभापति गंगाप्रसाद प्रसाईंले जानकारी दिए ।
लावती गत स्थानीय चुनाबमा राप्रपाका उम्मेदवारसँग २१ मतले उपबिजेता बनेका थिए । उनी युवा समाजसेवी तथा सामाजिक कार्यमा सक्रिय ब्यक्ति हुन् भने नेपाली कांग्रेस हल्दिबारी गाउँसमिति उपसभापतिसमेत हुन् । बैठकले वडा सदस्यहरू समेत सर्वसम्मत चयन गरेको छ । खुल्ला सदस्यमा भानुभक्त प्रसाईं, बिजय फागु, महिला सदस्य श्रीजना खरेल र दलित महिला तीलमाया दर्जी सर्वसम्मत् छनोट भएका छन्।
यसअघि नेपाली काँग्रेस वडा नम्बर ३ र ४ ले वडाअध्यक्षसहित सबै सदस्यहरूको सर्वसम्मत् नाम सिफारिस गरिसकेको छ।