हल्दीबारी । 

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को वडाअध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट होम चुडाललाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

हिजो मंगलबार  नेपाली कांग्रेस हल्दिबारी गाउँपालिका वडा नम्बर ४ को कार्यसमितिको बैठकले चुडाललाई वडाअध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको वडा सभापति भवानी पराजुलीले जानकारी दिए । 

वडाअध्यक्ष चुडाल हालका पनि वडाअध्यक्ष नै हुन्। बैठकले वडा सदस्यहरू समेत सर्वसम्मत चयन गरेको छ । सदस्यमा सेभेन मेचे (देबेन)  मञ्जु दाहाल, कुमारी बिश्वकर्मा र रूद्र उप्रेती छनोट भएका हुन्।

यसअघि नेपाली काँग्रेस वडा नम्बर  ३ ले  वडा अध्यक्षकासहित सबै सदस्यहरूको  सर्वसम्मत नाम सिफारिस गरेको थियो।