जलथल ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट हल्दीबारी गाउँपालिका अध्यक्ष पदका लागि दुई जना आकांक्षी देखिएका छन् ।
राप्रपामा गाउँपालिकाको अध्यक्षका पदका लागि हालका हल्दीवारी गाउँपालिका अध्यक्ष रविन्दप्रसाद लिङ्देन र अर्का पार्टीका गाउँकमिटी अध्यक्ष एकराज रानामगरले अध्यक्षमा दावी गरेका छन् ।
गाउँपालिकाको अध्यक्षमा रानामगरले आकाक्ष देखाएपछि यस पटक भने राप्रपा पार्टीले सर्वसम्मत अध्यक्ष छनोट नगरी आन्तरिक प्रतीस्पर्धा हुने देखिएको हो। दुवैजना नेता हल्दीबारीमा लोकप्रिय नेताका रुपमा युवाहरु माझ परिचित छन् ।
लिङ्देन हालका हल्दिबारी गाउँपालिकाका अध्यक्ष हुन् भने अर्का रानामगर राप्रपा गाउँ कमिटी अध्यक्ष हुन्। रानामगर हल्दीबारीमा बसोबास गर्दै ब्यवसायिक कृषि फर्म सञ्चालन गर्दै आएका छन् ।