लक्ष्मीपुर । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अर्जुनधारा नगरपालिका वडा नं. ६ ले उम्मेद्वार घोषणा गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेद्वार घोषणा गरेको वडा अध्यक्ष राम घिमिरेले जानकारी दिए । 

पार्टीको विस्तारित बैठकले अध्यक्षमा राम घिमिरे, खुल्ला सदस्यमा पुष्प भेटवाल र श्याम निरौला, महिला सदस्यमा लीलाकुमारी खनाल र दलित महिला सदस्यमा मनकुमारी राई रसाइलीलाई उम्मेद्वार घोषणा गरेको जनाइएको छ । 

पार्टीका वडाअध्यक्ष घिमिरे अध्यक्षतामा बसेको विस्तारित वैठकमा पार्टीका प्रदेश कमिटी सदस्य तथा झापा सह–इन्चार्ज रोशन कन्दङ्वा  (खड्ग) को प्रमुख आतिथ्य तथा अर्जुनधारा नगर सह–इन्चार्ज सन्तोष थापाको बिशेष आतिथ्य रहेको थियो ।