जलथल । 

झापाको साबिक जलथल गाबिस वडा नम्बर २ बाघडाँडा टोलमा स्वः माता लीलामाया गिरी तथा पिता टेकबहादुरको कान्छा पुत्रका रूपमा २०४१ साल असोज ०६ गते जन्मिएका डम्बरबहादुर गिरीको बाल्यकाल सोहि ठाउँको लक्ष्मी प्राविमा औपचारिक शिक्षा आरम्भ भयो । उनले त्यँिह स्कुलबाट कक्षा पाँच सम्म अध्ययन गरे ।

त्यसपछि उनी हल्दिबारी माबि हल्दिबारीबाट एस्एल्सी पास गरे । बिद्यार्थी जीवन देखिनै राजनीति रूपमा आबद्व रहेका गिरी नेकपा एमालेमा विभिन्न तहका विभिन्न पदमा रहि आफ्नो कुसलता पूर्वक जिम्मेवारी वहन गर्ने ब्यक्ति हुन् ।

राजनीतिका अलावा उनी एक कुसल  ब्यवसायी पनि हुन्। सँगै समाज सेवातर्फ पनि उनी उतिकै सक्रिय छन्। चाहे रोगीहरूको उपचारमा होस् त चाहे संघ,संस्थाहरूको काममा होस् उनी बालक, बृद्व, युवा, पक्ष, बिपक्षी सबैलाई समेट्ने ब्यक्ति हुन्। उनले साविक जलथल गाविसमा नेकपा एमालेको गाउँ कमिटीको अध्यक्ष रहेर दुई कार्यकाल काम गरेको र सो अवधिमै झापा भरिको स्थानीय निकाय मध्ये पार्टीमा उत्कृष्ट गतिविधि गरेका छन् ।

युवा संघ नेपालको जिल्ला कमिटी अध्यक्ष रहेर एक कार्यकाल काम गरेको र राम्रो काम गर्न नसके पनि नराम्रो नगरेको, कमिटी हस्तान्तरण गर्दा लोकत्रान्तिक विधिबाट उत्साह जनक ढंगले युवाहरुलाई सहभागी गराउँदै अधिवेशन सम्पन्न गरेका थिए । त्यस्तै नेकपा एमाले साविक झापा क्षेत्र नं.३ को पार्टी अध्यक्ष रहेर एक कार्यकाल काम गरेको साथै सो अवधिमा पटक–पटक  गरेर ३५ सय जना भन्दा बढीलाई पार्टी प्रवेश गराई झापामा सबै क्षेत्र भन्दाबढी गतिविधि गरेर पार्टीलाई चलयमान गराएका थिए । 

२०७४ सालको स्थानीयतहको निर्वाचनमा हल्दिबारी गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएर  हाल हल्दिबारी गाउँपालिकामा जनतालाई स्थानीय सरकार भएको महसुस गराउँदै  गतिविधिको हिसाबले उत्कृष्ट तरिकाले अगाडि बढिरहेको र पालिका भरिको विकास निर्माणको काममा अगुवाई गर्दै गरेका गिरी हल्दिबारी पालिका भित्रका विभिन्न चुनौतीहरुसँग सामना गर्दै पार्टीलाई बलियो बनाउदै अगाडि बढिरहेका छन् ।  हाल नेकपा एमाले जिल्ला कमिटी निर्वाचित जिल्ला सचिवालय सदस्य र प्रतिनिधि सभा क्षेत्र नम्बर ३ समन्वय समिति सचिब रहेका छन्।