बिर्तामोड । 

बिर्तामोड नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) पुनर्गठन भएको छ । झापा जिल्ला समन्वय सदस्य  सामनाको संयोजकत्वमा २९ सदस्य कमिटी निर्माण भएको पार्टीका जिल्ला नेता बासु दुलालले जानकारी दिए । 

सामनाको संयोजकत्वमा २९ सदस्य कमिटी निर्माण भएको कमिटीको सचिबमा तिर्थ गौतम रहेका छन् ।

पार्टीका प्रदेश नं. सचिवालय सदस्य तथा झापा सह–इन्चार्ज सिपी कडरियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नं. ६ कमान्ड  प्रमुख तथा जिल्ला नेता बासु दुलाल  नगर इन्चार्ज युबराज दाहाल नगर अध्यक्ष  मोहन सुब्बा लगायतको उपस्थिति रहेको थियो ।  ।