अर्जुनधारा ।  

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अर्जुनधारा नगरपालिका अन्तरगत वडा नम्बर ९ ले उम्मेद्वार अध्यक्षमा तीन जनालाई सिफारिस गर्ने भएको छ ।  शनिवार बसेको पार्टीको विस्तारित भेलाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा नं. ९ बाट वडा अध्यक्षको उम्मेद्वारमा तीनजनालाई सिफारिस गर्ने निर्णय गरेको हो ।  

विस्तारित बैठकले वडा सदस्यसहित  वडा अध्यक्षको सिफारिस गर्ने टुङ्गो लगाएको हो । पार्टीको तर्फबाट वडाअध्यक्षमा  जितेश योन्जन,  अनिल सुबेदी र पुस्प तामाङलाई अध्यक्षको उम्मेद्वारमा सिफारिस पार्टीले  निर्णय गरेको छ ।  

त्यस्तै खुल्ला सदस्यमा सुरेन्द्र गिरी र मनोज कडेललाई र महिला खुल्लाबाट अम्बिका नेउपाने  र सबिता पौडेली (बिस्वकर्मा) दलित महिला सदस्य बनाउने बैठकले सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।  

पार्टीका वडाअध्यक्ष पुष्प तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य तथा अर्जुनधारा नगर चुनाब परिचालन कमान्डर लक्ष्मी न्यौपाने (सरु)को प्रमुख आतिथ्य रहेको थियो ।  

कार्यक्रममा प्रमुख अतिथि  सरु, अतिथि नगर इन्चार्ज देबकला प्रसार्इ, अतिथि  तारा सुवेदी अतिथी जितेश योनजनलगायतको उपस्थििति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव सुरेन्द्र गिरीले गरेका थिए ।