हल्दीबारी ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमाले हल्दिवारीमा सात जना महिलाले गाउँपालिका उपाध्यक्ष पदमा आकाक्षी देखिएका छ्न् ।
हल्दीवारीमा नेकपा एमालेबाट उपाध्यक्षका दावेदार धेरै भएका छन्। हल्दीवारी गाउँपालिका कार्यपालिका सदस्य तथा एमाले ४ नम्बर वडा कमिटी सचीव गितादेवी भण्डारी तिम्सिना, कार्यपालिका सदस्य सरिता न्यौपाने, हल्दीवारी पार्टी सह–इन्चार्ज तथा जिल्ला सदस्य ललिता बस्नेत, वडा सदस्य तथा नेकपा जिल्ला सदस्य शान्ता गौतम, अनेम संघ हल्दिबारी गाउँ कमिटी अध्यक्ष रोषन शिबाकोटी, अनेम संघ जिल्ला सदस्य तथा हल्दिबारी गाउँ कमिटी सचिवालय सदस्य कल्पना रेग्मी र सूचनाको हकको अभियान्ता ईश्वरा तिवारीको दावेदारी रहेको स्रोतले जानकारी दिएको छ।
उनीहरु सबै एमालेका सक्रिय महिला नेत्री हुन् । आंकाक्षीहरू मध्ये ईश्वरा तिबारीलाई उमेरद्वारका रूपमा एमाले हल्दीबारीले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा सामेल हुन नदिएपछि जिल्ला कमिटीमा निबेदन दिएकी छिन्।