• उद्धव पुरी 

झापा । 

स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा राजनीतिक दलहरुले जनबर्गिय संगठन गठन तथा पुनर गठन गर्दै चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् । 

 झापाका १५ पालिकासहित एकसय ३१ वडामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुले झापामा संगठन विस्तार र चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका हुन् । 

दलहरुले आ–आफ्नो पार्टीका भात्रु तथा जनबर्गिय संघ÷संगठनलाई गठन तथा पुर्नर गठन गर्दै पार्टी प्रवेश र स्वागत कार्यक्रम गर्दै आएका छन् । त्यस्तै आंकाक्षि उम्मेद्वारले पार्टी मार्फत उम्मेद्वारी घोषणा गर्दै आएका छन् । एउटा पालिकामा एउटै पार्टीबाट मेयर तथा अध्यक्षमा ७/८ जनाले समेत ब्यक्तिगत उम्मेद्वारी घोषणा गरेका छन् । नेकपा एमालेमा उम्मेद्वारका आंकाक्षि वढेपछि पार्टीभित्र विभिन्न विधि अपनाएर साथै निर्वाचन गरेर उम्मेद्वार छनौट प्रक्रियालाई निरन्तरता दिदै आएका छ । त्यस्तै नेपाली कांग्रेस र माओवादीमा पनि झापाका बिभिन्न पालिका तथा वडामा उम्मेद्वारका आंकाक्षी बढेका छन् । उनीहरुले बिभिन्न पदमहरुमा ब्यक्तिगत रुपमा आ–आफ्नो उम्मेद्वारी घोषणा गर्दै आएका छन् । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द)्र, नेकपा (एकीकृत समाजबादी) जनता समाज पार्टी र राष्ट्रिय जनमोर्चाले ५ दलिय गठबन्धन गर्न केन्द्रीय तहबाटै अपिल गरेको छ । देशैभर पाँच दलीय गठबन्धनलाई ठाउँ र अवस्था हेरेर उम्मेद्वार तय गरी गठबन्धनका तर्फबाट उम्मेद्वार हुनेलाई जिताउन आव्हान गरेको छ । 

कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत सामाजबादीका नेता झलनाथ खनाल, जसपाका अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रुपमा पाँच दलीय गठबन्धनका लागि अपिल समेत गरेका छन् । उनीहरुले जारी गरेको अपिलमा भनिएको छ ‘देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न आव्हान गरिन्छ ।’ 

नेकपा एमाले भने अहिलेसम्म कुनैपनि राजनीतिक दलसँग तालमेल गरेर निर्वाचनमा जाने देखिएको छैन । झापामा राजनीतिक दलहरु जनताको घर–घरमा गएर आ–आफ्नो पार्टीलाई भोट माग्न थालेका छन् । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ । 

5 r