भद्रपुर।

झापाको सदरमुकामस्थित नगर भद्रपुर नगरपालिकाका चार वटा वडामा नेकपा माओवादी केन्द्रको निर्वाचन परिचालन कमिटी गठन भएको छ ।

शनिबार भएको वडा नं १, २ , ३ र ९ को चुनावी विस्तारित बैठकबाट ती निर्वाचन परिचालन कमिटी गठन भएको हो । विस्तारित बैठकबाट १ नं। वडामा मेदनी सिवाकोटी, २ नं। वडामा नरपति चापागाईं, ३ नं। वडामा एनपी वनेम र ९ नं। वडामा दिनानाथ उप्रेतीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन भएको छ ।

त्यस्तै, पार्टीको १ बुथ १०० युथको अवधारणामा अन्तरगत वडा नं १ को बुथ कमिटी दिपक आधारभूत विद्यालयमा जीवन बास्तोला, श्री आधारभूत विद्यालयमा गोपाल खाति, शान्ति आधारभूत विद्यालयमा घनश्याम नेपालीको र हिमालीमा मणिराज श्रेष्ठको नेतृत्वमा टोली परिचालन हुने भएको छ ।

यस्तै, मदन राईको अध्यक्षतामा ३१ सदस्यीय वाइसीएल १ नं वडा कमिटी र चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा अनेम संघ क्रान्तिकारी ३१ सदस्यीय महिला कमिटी गठन भएको नेकपा माओवादी केन्द्र भद्रपुरले जनाएको छ ।

वडा नं. २ को सगरमाथा माविमा राजु दाहाल र सीता आबिमा मानु तामाङको नेतृत्वमा बुथ कमिटी गठन भएको छ भने वडा नं। ३ मा हर्क (लगन) रसाइलीको अध्यक्षतामा ५१ सदस्यीय दलित राष्ट्रिय मुक्तिमोर्चा भद्रपुर कमिटी गठन भएको छ ।

कार्यक्रममा पार्टीका झापा जिल्ला संयोजक अग्नि राजु आचार्य, ३ नं. क्षेत्रीय इञ्चार्ज डिल्ली घिमिरे (हिक्मत), सह–इञ्चार्ज सुजन सुब्बा, धर्म सिवाकोटी, क्षेत्र नं.३ क प्रदेश संयोजक खगेन्द्र पराजुली, नगर इञ्चार्ज नरेस सञ्जेल, सह–इञ्चार्ज एनपी वनेम, मेदनी सिवाकोटी, नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।