बिर्तामोड । 

नेकपा (माओवादी केन्द्र) को बिर्तामोड नगरपालिका  वडा नं. ९ मा विस्तारितकार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रमेश डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका झापा सह–इन्चार्ज सीपी कडरियाको प्रमुख आतिथ्य तथा विशेष अतिथि  प्रदेश सदस्य कुवेर श्रेष्ठ (अरुण) रहेका थिए । 

कार्यक्रममा बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष जेबि जबेगु, सम्भु कडेल, वाइसिएल नगर अध्यक्ष सुदिप खवास, तुलसीराम काफ्ले र केशव  उप्रेतीको आतिथ्य रहेको थियो ।  ।

सोही कार्यक्रमकाबीच पार्टीको जनवर्गीय संगठन घनश्याम कार्कीको अध्यक्षतामा २७ सदस्यीय वाइसिएल गठन गरिएको छ। त्यसैगरी तुलसी खनालको अध्यक्षतामा १८ सदस्यीय अनेकी संघ(क्रान्किारी)  र देवी कडेलको संयोजकत्वमा ३ सदस्यीय बुद्धिजीवी संगठन गठन भएको नगर उपाध्यक्ष जवेगुले जानकारी दिए । कार्यक्रमको सञ्चालन वडा नं. ९ का उपाअध्यक्ष पुजा कँडेलले गरेकी थिइन् ।