बिर्तामोड ।
नेपाल क्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बिर्तामोड वडा नं. २ मा विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका वडा नं. २ अध्यक्ष टीका चम्लगाईको अध्यक्षतामा भएको कार्यक्रममा झापा सह–इन्चार्ज सीपी कडरियाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कडरियाले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेद्वार बनेकालाई विजय गराउन सवैले आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न आग्रह गरेका छन् । त्यस्तै राष्ट्रिय भूमि आयोग झापाका सदस्य तारा सुवेदीले आगामी मंसीरसम्ममा झापामा ८० प्रतिशत भूमिहिन सुकुम्बासीलाई धनिपूर्जा वितरण गरिने बताएका छन् ।
कार्यक्रममा बिर्तामोड नगर इन्चार्ज युवराज दाहाल, गैर भौगोलिक जिल्ला सह–इन्चार्ज शेखर कडरियालगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । स्वागत अनेम संघ(क्रान्किारी) नगर अध्यक्ष रिता मिश्रले गरेको कार्यक्रममा नगर उपाध्यक्ष कमल कडरिया, छाँया सिग्देललगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रमका बीच २० जनाले अन्य पार्टी परित्याग गरी माओवादी पार्टी प्रवेश गरेको नगर उपाध्यक्ष कडरियाले जानकारी दिए ।
उक्त कार्यक्रममा रोमन अधिकारीको संयोजकत्वमा वाइसिएल, चन्द्रमाया भेटवाल उप्रेतीको संयोजकत्वमा अनेम संघ (क्रान्तिकारी), राजेश महतोको संयोजकत्वमा अनेकी संघ (क्रान्तिकारी) र देवेन्द्र भुजेलको संयोजकत्वमा सुकुम्बासी संगठन गठन भएका छ । कार्यक्रमको सञ्चालन नगर कमिटी सदस्य श्री कट्टेलले गरेका थिए ।
वडा नं. ३ को विस्तारित बैठक चैत २८ गते हुने
त्यसैगरी वडा नं. ३ मा विस्तारित वैठक आगामी चैत २८ गते गरिने निर्णय भएको छ । कार्यक्रममा पार्टीका जिल्ला सदस्य तथा २ नं. निर्वाचन क्षेत्र (क) का संयोजक प्रकाश भट्टराई, वडा नं. ३ का अध्यक्ष मदन खड्का, गैर भौगोलिक जिल्ला सह–इन्चार्ज शेखर कडरिया, नगर उपाध्यक्ष कमल कडरिया, छाँया सिग्देल, जिल्ला सदस्य जगनाथ भट्टराईलगायतको उपस्थितिमा उक्त निर्णय भएको नगर उपाध्यक्ष कडरियाले जानकारी दिए ।