झापा । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाले केही समाजिक सञ्जालहरुमा उम्मेद्वार छनौट भइसकेको ढंगले प्रचार गरिएपनि त्यो सत्यता नभएको जनाएको छ । 

एमाले झापाका अध्यक्ष दीपक कार्कीले शनिवार (आज) बिज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा गरिएको उम्मेद्वार छनौट आधिकारिक नभएको जनाएका छन् ।  पार्टीले निश्चत समय अवधिमा उम्मेद्वार छनौट प्रक्रिया गर्ने बताउँदै त्यतिवेला सम्म धैर्य गरिदिन कार्यकर्ता समक्ष अपिल गरेको छ । 

एमाले झापा अध्यक्ष दीपक कार्कीद्धारा हस्ताक्षर गरेको बिज्ञप्तीमा भनिएको छ ‘स्थानीय तहको जनप्रतिनिधि छनौट गर्न पार्टीको निर्देशन बमोजिम विभिन्न बिधिहरु अवलम्वन गरिरहेका छौं ।’ पार्टीले अधिकतम लोकप्रिय, निष्ठावान, प्रतिवद्ध उम्मेद्वार छनौट गर्न कमिटीहरुले आन्तरिक जनवाद प्रयोग गरिरहेको विज्ञप्तीमा उल्लेख छ । 

बिज्ञप्तीमा भनिएको छ ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई साकार गर्ने अभियानमा एमाले लागरिहेको छ । यसअघि गरिएका प्रतिवद्धता र त्यसका आधारमा गरिएका काम नै एमालेलाई पुनः निर्वाचिन गर्ने आधार भएको बताइएको छ ।