अर्जुनधारा ।
अर्जुनधारा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तीन जनाले मेयर पदमा उम्मेद्वारी दाबी गरेका छन् ।
जिल्ला सदस्य तथा नगर सह–इन्चार्ज सन्तोष थापा, नगर अध्यक्ष नरकुमार तामाङ (नारद) र २ नम्बर निर्वाचन क्षेत्र प्रदेश (ख) का इन्चार्ज जितेश योञ्जनले मेयरमा दावी गरेका हुन् ।
उनीहरुले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट मेयर पदमा उम्मेद्वारी दावी गरेका हुन् ।
अन्य दलहरुसँग तहगत गठबन्धन चलिरहेकै बेला झापाका अधिकांश पालिकाहरुमा माओवादीका नेताहरुले मेयर तथा अध्यक्ष पदमा आकाक्ष ब्यक्त गर्दै उम्मेद्वारी दावी गरिरहेका छन् ।