बिर्तामोड । 

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल क्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट बिर्तामोड नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दावी गर्नेको संख्या वढेको छ । 

एउटा मेयर पदको उम्मेद्वारका  लागि तीन जनाले यसअघि नै उम्मे्वारको आंकाक्षी रहेको भन्दै दाबी गरेका छन् भने थप एक जनाले पनि मेयर पदमा आफ्नो पनि उम्मेद्वारी रहने दाबी गरेका छन् । 

निर्वाचन मिति नजिकिदै गर्दा बिर्तामोड नगर मेयर पदका लागि पार्टीका जिल्ला सदस्य तथा २ नं. निर्वाचन क्षेत्र (क) का संयोजक प्रकाश भट्टराईले पनि उम्मेद्वारी दावी गरेका हुन् । 

पार्टी प्रदेश सदस्य कुवेर श्रेष्ठ (अरुण), जिल्ला नेता बासु दुलाल र बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बाले उम्मेद्वारी दाबी गरिसकेका छन् । 

अन्य दलहरुसँग तहगत गठबन्धन चलिरहेकै बेला माओवादी केन्द्र बिर्तामोड नगरमा अन्यको पनि मेयर पदमा उम्मेद्वारी रहने स्रोतले बताएको छ । बिर्तामोड नगर मेयरका लागि माओवादी केन्द्रका केही नेता भने मेयर पदको उम्मेद्वारमा आंकाक्ष राखे पनि खुलेर दावी गर्न नचाहने गरेको स्रोतले जनाएको छ ।